देउवाले प्रचण्डको संगत गरेपछि बन्दुकको भाषा बोल्न थाले: अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउन सम्भव भएको बताएका छन् ।

मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका हुन् ।

उनले देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेको दावी गरे । ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनें जवाफमा शेरबहादुर देउवाले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ । प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ।’, ओलीले भने ।

उनले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने दावीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement