एकीकृत समाजवादीले राजनीतिक समीकरण कमजोर बनाउदैँछः अध्यक्ष ओली


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई एकीकृत समाजवादीको दिएको साथ अराजनीतिक भएको बताएका छन् ।

सोमवार एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एकीकृत समाजवादीको यो निर्णय अराजनीतिक भएको बताएका हुन् । नेकपा एसदे अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको दावी गरे ।

आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको उनको भनाइ छ ।

‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो । दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement