सिंहदरबारमा शीर्ष तीन नेताको बैठक: आफ्नो अडानबाट ब्याक भयो एमाले


काठमाण्डु- सदनको गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको हो ।

प्रधानमन्त्री प्रचण्ड र देउवासँग अध्यक्ष ओलीले छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताए । तीन नेताबीच प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिको विषयमा संसदमा स्पष्टीकरण दिने सहमती जुटेको हो ।

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले शीर्षनेताको बैठक राखेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement