सांसदलाई समातेर पाकिस्तानी मोडेलको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी


काठमाण्डु- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् ।

गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाण्डु आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उनको भनाइ छ ।

‘मैले अस्ति प्रधानमन्त्रीजीलाई भने–अहिले यो पाकिस्तानी राजनीति, प्रतिसोधको राजनीति उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ सुरु भयो । उहाँहरूले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन । जाति सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि । हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट । किन मुद्दा नचलाएको, कारबाही नगरेको रु अस्ति पार्लियामेन्टमा सुनकाण्डबारे बिरोध गरेपछि अचानक हत्कडी लगाउने आयो मान्छे । किन भन्दा खेरी उहिले तिमी विद्यार्थी हुँदा खेरी पढ्दा छेउको साथीको चिट चोरेका थियौ नि तिमीले । तिमीले आफूले लेखेकै होइन । अर्को चिट चोरेर पास गरेको । त्यसको छानबिन गर्दैछौं । वा, हत्कडी चाहिँ लागि सक्यो । कसलाई रु एउटा जननिर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउँछ भने अरू यसै थर्किनुपरेन । तर म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु–तपाईँहरुको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवाला चाहिँ छैन ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement