प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता शुरु


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्वीपक्षीय भेटवार्ता शुरु भएको छ । करीब साढे ६ बजेपछि प्रम अोली र पाकिस्तानका प्रधानमन्त्री अब्बासीबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा  सोल्टीमा भेटवार्ता शुरु भएको हो ।

प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन् । उनी दुई दिन काठमाडौंमा बस्नेछन् । ३२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी काठमाडौं आइपुगेका हुन् ।

अब्बासीको सम्मानमा प्रधानमन्त्री ओलीले आज होटल सोल्टीमा रात्रीभोज आयोजना गरेका छन् । छलफल सकिएलगत्तै दुई प्रधानमन्त्री रात्रीभोजमा सरिक हुनेछन् ।

सोमबार काठमाडौं आइपुगेका अब्बासीको सम्मानमा साँझ साढे ५ बजेपछि उनलाई सेनाको सैन्य टुकडीबाट गार्ड अफ अनरको सम्मान गरिएको छ । उच्चस्तरीय विदेशी पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने परम्परा तोड्दै  अोली सरकारले पहिलोपटक पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई अोली सरकारले टुँडिखेलमा गार्ड अफ अनरको सम्मान गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement