बालकोटमा अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता, के भयो छलफल ?


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । सोमबार बेलुका भक्तपुरको बाल्कोटस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था, नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरूको नयाँ आधारमा धुर्वीकरणको आवश्यकता र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल भएको जनाइएको छ ।

महासचिव विप्लवले ओलीसँग तीन बुँदे सहमतिअनुसार नेता कार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ताबारे पहल गर्न आग्रह गरे । अध्यक्ष ओलीले तीन बुँदे सहमतिअनुसार बन्दीहरूको रिहाइ र मुद्दा फिर्ताको विषयमा आफू सकारात्मक रहेको जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement