ओली र मोदीद्धारा स्वीच थिचेर पाइपलाइनको उद्घाटन


काठमाडौं – दक्षिण एशियाको पहिलो अन्तर देशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्विच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गरेका छन् ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौँ ढुवानी खर्च जोगिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement