ओलीले सम्पिएलान् प्रचण्डलाई एकल जिम्मेवारी ?


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई भेट्न बालुवाटार पुगे।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्ष ओलीलाई दिए। विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्त रुपमा गर्दै आएको पार्टी काममको जिम्मेवारी दाहाललाई सुम्पेका थिए।त्यही जिम्मेबारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरेको छ।

अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ? नेकपाका धेरै नेताहरु प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्वक नियालिरहेका छन्।

उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारतर्फ आफूले बढी ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालयमा राखेका थिए। अब यसको व्यवहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारुढ वृत्तमा छ। याे समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement