बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपतिबारे छलफल हुने


काठमाण्डु- उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बिहीबार बस्ने निर्णय गरेको हो ।

त्यस्तै उक्त बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न ओली-प्रचण्ड सहमत भएका छन् । अध्यक्ष आज बिहान ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement