किन पुगे एका बिहानै अध्यक्ष ओली बालुवाटार ?


काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । संसद्को अवरोध हटाउनेलगायत विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् । नेकपा एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ ।

गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ । सोमबार पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement