ओली–प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता, मन्त्रीमण्डल हेरफेरबारे सहमति !


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान भेटवार्ता भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा भेटवार्ता गरेका ओली र प्रचण्डबीच पार्टी एकताका विषय र अन्य समसामयिक विषयमा छलफल भएको श्रोतले जानकारी दियो ।

‘समसामयिक विषयमा पछिल्लो विकसित घटनाक्रम, मन्त्रिपरिषद् हेरफेर लगायतका कुरा भए,’ स्रोतले भन्यो, ’मन्त्रिमण्डल हेरफेर गर्न दुवै अध्यक्ष सहमत हुनुहुन्छ, तर उवनिर्वाचन अघि गर्ने कि पछि भन्नेमा छलफल चलिरहेको छ ।’  त्यस्तै, सो छलफलले विभिन्न आयोगहरुको टुंगो लगाएको पनि श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement