अध्यक्ष ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता, के भयो छलफल ?


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली र लिङ्देनबीच मंसिर ४ गते हुने संघ र प्रदेशसभाको चुनावमा तालमेल गर्नेबारे छलफल भएको हो ।  उनीहरूबीच संघीय चुनावमा मिलेर जानेबारे छलफल भएपनि टुंगोमा भने पुग्न नसेको स्रोतको दावी छ ।

पछिल्लो समय अध्यक्ष ओली सरकार भन्दा बाहिर रहेका दलहरूसँग चुनावी तालमेल गर्न चाहन्छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कमल थापा नेतृत्वको ‘राष्ट्रिय एकता पार्टी नेपाल’ सँग तालमेल गरेका थिए ।

स्रोतका अनुसार स्थानीय तहको निर्वाचनमा नेकपा ‘राष्ट्रिय एकता पार्टी नेपाल’ सँग तालमेल गरेकाले लिङ्देन अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । 

 

प्रतिक्रिया दिनुहोस
Advertisement