ओली सरकारले नियुक्त गरेका ९ राजदूतको नियुक्ती रद्द गर्ने देउवा सरकारको निर्णय


काठमाण्डु – सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीले नियुक्त गरेका ९ देशका राजदूत नियुक्तीको निर्णय रद्द गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले ओली नेतृत्वको सरकारले गत वैशाख २५ गते गरेको राजदूत नियुक्ती रद्द गर्ने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारले बहराइनका लागी युवराज कार्की, अष्ट्रियाका लागी निर्मलराज काफ्ले,इजिप्टमा जिवनप्रकाश श्रेष्ठ,कृष्णचन्द्र शर्मा साउथ कोरिया,सुम्निमा तुलाधार अष्ट्रेलिया,रमेश चन्द्र पौडेल श्रीलंका,नारायण प्रसाद संग्रौला म्यानमार र कुलप्रसाद नेपाल ब्राजिलका लागी राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । जसमध्ये काफ्ले र श्रेष्ठ परराष्ट्रमन्त्रालयका सहसचिव हुन । बांकी सवै राजनीतिक कोटाबाट राजदूत सिफारीस भएका थिए ।

त्यसैगरी सुमित्रा सुवेदी डेनमार्क, मिराज मुसलमान साउदी अरेविया र जंगबहादुर चौहानलाई रसियाको राजदूत बनाउने निर्णय ओली सरकारले गरेको थियो । तर, उनिहरुमध्ये केहीको नियुक्ती विवादमा समेत आएको छ ।

देउवा नेतृत्वको सरकारले दुई जनाबाहेक ९ जनाकाे सिफारिस  रद्द गर्ने निर्णय गरेको स्रोतले बतायो । यसअघि ओली नेतृत्वको सरकारले समेत माओवादी केन्द्रले सिफारीस गरेका राजदूतहरुलाई फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement