ओली सरकारका मन्त्री काम देखाउने प्रतिस्पर्धामा


काठमाडौं – वाम सरकार गठन भएको डेढ महिना पुग्न लागेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारमा एमाले र माओवादी केन्द्रबाट दुई दर्जन नेताहरू मन्त्रीको रुपमा सरकारमा सहभागी  भइसकेका छन् । यससंगै मुलुकले अब स्थायी सरकार पाएको छ ।

नेपालको संविधान अनुसार सरकार गठन भएको २ वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन । यसको मतलव अबको सरकार कम्तीमा पनि दुई वर्ष कसैले ढाल्न सक्दैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका बेला अबको सरकार पाँच वर्षको भएको ‍स्पस्ट पारेका थिए । एमाले र माओवादीको संयुक्त्त सरकारमा दुवै दलका अध्यक्षले सरकारलाई दिगो बनाउने र मुलुकलाई समृद्धितर्फ लैजाने वाचा गरेका थिए ।
१० वर्षसम्मको सशस्त्र जनयुद्ध, संक्रमणकालीन अवस्था, संविधान निर्माणको अवस्था र ९/९ महिने अस्थिर सरकारको अवस्था अहिले अन्त्य भएको छ ।

स्थानीय र प्रदेश सरकार पनि गठन भइसकेका छन् । प्रधानमन्त्री ओली सहित अहिले जम्मा २२ सदस्यीय मन्त्रीपरिषद छ ।
ओली सरकारमा अहिले जनता र नेता दुवैले पत्याएका मन्त्री छन् ।

प्रशासन मन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री बिना मगर, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जा, सिँचाई तथा जलश्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’, बन तथा वातावरण मन्त्री शक्त्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, गृह मन्त्री राम थापा बादल, रक्षा मन्त्री इश्वर पोखरेल, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली जस्ता जनताले रुचाएका नेताहरुले अबको समय मुलुकको समृद्धि भएको बताउँदै आएका छन् ।

लामो समयदेखि द्धन्द र संक्रमणकालीन अवस्था झेलेका नेपाली जनताले अहिले विकाश र शान्ति खोजेका छन् । जनताको चाहना बमोजिम मन्त्रीहरुले अब भाषणमा मात्र होइन, परीणाम निकाल्ने गरि काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
प्रधानमन्त्री केपी ओली पनि अब मुलुकको विकाश गर्ने मुडमा छन् । चुस्त सचिवालय र मन्त्रीपरिषद राख्ने र हरेक मन्त्रीहरुलाई उनले परीणाम निकाल्ने गरि काम गर्न निर्देशन दिइसकेका छन् । उनी अबको पालो काम गरेर देखाउन चाहन्छन् ।

एमाले र माओवादी केन्द्रको पार्टी बैठकमा पनि पार्टीको मान राख्न र जनताको सेवामा समर्पित हुने गरि मन्त्रीहरुलाई काम गर्न निर्देशन दिएका छन् । पार्टी र प्रधानमन्त्रीको निर्देशनको पालाना गर्न अहिलेका नेता पनि तल्लिन छन् ।

उर्जामन्त्री पुनः
अर्थ मन्त्रालयको जिम्मेवारी सफलतापुर्वक सम्हालेका उर्जामन्त्री पुनले अब मुलुकमा उर्जामा निर्भर हुनेगरि विद्युत निर्माणमा लाग्ने बताएका छन् । मन्त्रीको कार्य सम्हालेदेखि नै उनले मुलुकमा १० वर्षमा १० हजार मेगावट विजुली निकाल्ने, उर्जा क्षेत्रको विकाशको लागि नीति निर्माण गर्ने, जनतामा पनि उर्जा शेयर हाल्न प्रेरित गर्ने, नीजि कम्पनीलाई पनि उर्जा निकाल्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

कार्यभार सम्हालेदेखि नै उनी उर्जासँग सम्बन्धित निकाय र विषयसँग विभिन्न जानकारी लिने र निर्देशन गरिरहेका छन् । उनले अब कुरा मात्र नभइ काम पनि गरेर मुलुकलाई समृद्धि तर्फ अग्रसर गराउने सरकार जाने बताएका छन् ।

पर्यटनमन्त्री अधिकारीः
पर्यटनमन्त्री रवीन्द्र अधिकारी जनताको पक्षमा काम गर्ने नेतामा गनिन्छन् । उनले मन्त्रीको पद सम्हालेदेखि नै पर्यटन क्षेत्रलाई सुधार्ने र यसको लागि आवश्यक पुर्वाधार निर्माणमा आफू केन्द्रित हुने प्रतिवद्दता जनाएका छन् । उनी पनि अब काम गरेर आफू र देशलाई चिनाउने पक्षमा छन् ।

श्रममन्त्री विष्टः
उर्जा मन्त्रालय सम्हालिसकेका श्रममन्त्री गोर्कण विष्टले पनि जनताले महसुस गर्ने गरि काम गर्ने प्रतिवद्दता जनाएका छन् ।
यसअघि पनि उनको उर्जा मन्त्रालयमा कामको निकै प्रशंसा भएको थियो । अब उनी कुनै पनि हालतमा मुलुकमा बैदेशिक रोजगारीमा हुने सिण्डीकेट प्रणाली हटाउने काममा लाग्ने बताएका छन् ।

वनमन्त्री बस्नेतः
बनमन्त्री बस्नेतले वातावरणको क्षेत्रमा जनताले महसुस गर्नेगरि काम गर्ने प्रतिवद्दता जनाइरसकेका छन् । अब फरक बन तथा वातावरणको क्षेत्रमा दिगो विकाशको अवधारणा पछ्याउँदै काम गर्ने उनले बताएका छन् । उनी पनि काम धेरै हल्ला कम सिदान्तमा अगाडी बढ्दै काम गर्ने र देखाउने मनशायमा छन् ।

खानेपानी मन्त्री मगरः
खानेपानी मन्त्री विना मगरले मन्त्री पद सम्हालेदेखि नै काठमाडौंमा खानेपानीको समस्या समाधान गर्ने, वागमतिलाई सफा र सुन्दर बनाउने अभियान नै चलाउने बताइसकेकी छन् । लामो समयदेखि राजनीतिमा लागेकी मन्त्री मगर अब आफुलाई प्रमाणित गर्न केही गरेरै छाड्ने र जनताको सेवामै आफुलाई समर्पित गर्ने अठोटमा छिन् ।

सामान्य प्रसाशन मन्त्री पण्डितः
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित वातावरण बाट फेरि प्रसाशनमा सरुवा भए । उनी त्यहाँ सरुवा हुने लगत्तै सरकारी कर्मचारीहरुको प्रवृतिमा दिएको अभिव्यत्तिले अहिले चर्चा पाएको छ । कर्मचारी र मन्त्रीको जुहारी परिसकेको छ । यसअघि उनले सरकारी कर्मचारीको विदेशी पिआर अभियानलाई सफल बनाएर चर्चा बटुलेका थिए । अब उनलाई फेरि राम्रो काम गरेर देखाउने चुनौती छ ।

यसैगरि सरकारका अन्य मन्त्रीहरुलाई पनि राम्रो काम गरेर देखाउने चुनौती छ । प्रतिस्पर्धाको यो होडमा मन्त्रीहरुको एक सफल कदमले जनताले भने राम्रो सेवा पाइरहेका हुन्छन् । जनतामुखी कदम चाले मात्र मन्त्री सफल हुन्छन् । यो कुरा मन्त्रीहरुले अहिले राम्रोसँग बुझेका छन् ।
त्यही अनुरुप अब जनताको मुख्य माग विकाश, समृद्धि, रोजगारी, सुरक्षालाई सम्बोधन गर्न सुरुवातबाटै लागेका छन् । सरकार गठन भएको डेढ महिनामा मन्त्री विस्तारले पुर्णता भने पाएको छैन । तर पद सम्हालेका मन्त्रीहरु नाम, कामका लागि प्रचार गरेर होस् वा नगरिकन काम गरेर जनताले सेवा पाउने र दीर्घ सोचले अगाडि बढिरहेका छन् ।

अहिले नगरे कहिले गर्ने ? यही सोचलाई पछ्याउँदै मन्त्रीहरु अगाडि बढ्ने हो भने पाँच वर्षमा मुलुकले विकाशको खाका अवश्य पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement