आइसिसी विश्वकप : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य


काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रन बनाए । यसमा सात चौंका सामेल थियो । अक्षय होमराजले ३३ रन बनाए । उनले दुई छक्का र तीन चौका प्रहार गरे । यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिए ।

बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई÷दुई तथा कलिमउल्लाहले एक विकेट लिए। अहिले अमोन अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement