नेपाली दूतावासको पहलमा ओमानबाट ६ सय थान अक्सिजन सिलिण्डर ल्याउने तयारी


काठमाण्डु– ओमानबाट ६ सय थान अक्सिजन सिलिण्डर आउने भएको छ । ओमानको मस्कटस्थित नेपाली राजदूतावासको पहलमा ६ सय थान सिलिण्डर नेपाल आउन लागेको हो ।

ओमानमा रहेको नेपाली दूतावासको पहलमा त्यहां रहेका नेपाली समुदाय र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी छ । ओमानका लागी नेपाली राजदूत शर्मिला पराजुली ढकालले शनिवारसम्म ६ सय थान सिलिण्डर ग्यास नेपाल पठाउने तयारी भएको जानकारी दिईन ।

सरकारले ६ सय सिलिण्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज मस्कट पठाउने तयारी गरेको छ । त्यसको लागी प्रक्रिया पुरा भइसकेको र शनिवार नेपाल पुग्ने गरी अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको राजदूत ढकालले बताईन ।

नेपालमा अक्सिजन सिलिण्डर नहुंदा समस्या भएपछि सरकारले मंगलवार मात्र नेपाल एयरलाइन्सको विमानमार्फत चीनबाट ४ सय थान अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement