जहां छन् बुद्धका आंखा भन्दै संविधान दिवसमा राजदूतले नै गित गाएपछि …..


मस्कट– संविधान दिवसका अवसरमा ओमानको मस्कटमा नेपाल डे मनाइएको छ । ओमानस्थित नेपाली राजदूतावासको आयोजनामा मस्कटको होटल शेराटनमा धुमधामका साथ संविधान दिवस मनाइएको हो ।

नेपाल र ओमानको राष्ट्रिय गितवाट सुरु भएको कार्यक्रमको शुभारम्भ राजदूत शर्मिला ढकाल पराजुलीले गरेकी थिईन । कार्यक्रममा ओमन सरकारका वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री मोहम्मद विन सलिम विन अहमद अल टोवी समेत प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

संविधान दिवसको उपलक्ष्यामा आयोजित कार्यक्रममा राजदूत ढकालले नेपाल ओमन सम्बन्धका विभिन्न आयाम र पक्षहरुको वारेमा आफ्ना धारणा राखेकी थिईन । उनले नेपाल प्राकृतिक सुन्दरताको हिसावले निकै धनी भएको देश भएको भन्दै सबैलाई नेपाल भ्रमणको लागी निम्तो प्रदान समेत गरिन् ।

त्यसका साथै कार्यक्रममा ओमनका चर्चित कलाकार हैथम मोहम्मद रफीले नेपालीमा गित गाएका थिए भने ओमनमा बस्ने नेपालीहरुले समेत नेपालको कला,संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

करिव ३ सयभन्दा बढी अतिथि रहेको कार्यक्रममा भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने भिडियो,फोटो र नेपाली सांस्कृती झल्काउने सामाग्रीहरु राखिएको थियो । त्यसका साथै भिडियोमार्फत नेपालका मुख्य मुख्य पर्यटकीय स्थानहरुको बारेमा समेत उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement