राजदूत ढकालद्वारा ओमानका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो


ओमान – ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले ओमानका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् ।

राजदूत ढकालले पर्यटनमन्त्री अहमद बिन नासेर अल मेहार्जीलाई नेपालमा आयोजना हुन गइरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को समुद्‌घाटन कार्यक्रममा उपस्थित हुन पर्यटनमन्त्री योगेश भट्टराईले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेकी हुन् ।

उक्त अवसरमा राजदूत ढकाल र पर्यटनमन्त्रीबीच नेपाल र ओमानबीच सम्पन्न हुन गइरहेको पर्यटन सम्बन्धी द्विपक्षीय सम्झौतालाई पनि उक्त अवसरमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भएको थियो ।

राजदूत ढकालले नेपालले आगामी बर्ष मनाउन गइरहेको ‘नेपाल भ्रमण बर्ष २०२०’ को पृष्ठभूमि तथा तयारी बारे मन्त्री मेहार्जीलाई जानकारी गराएकी थिइन् ।

मन्त्री मेहार्जीले नेपाल जान आफू इच्छुक रहेको र उक्त कार्यक्रममा सम्भव भएसम्म उपस्थित हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement