ओली र मोदीबीच वान टु वान वार्ता


नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ ।

स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सपार्इज भेट गरेका थिए ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीलाई सम्बोधन गरेका थिए। ५४ सदस्यीय भ्रमण टोली लिएर भारतको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीलाई नयाँ दिल्ली स्थित विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement