राष्ट्रिय सभा सदस्य निर्वाचनको संयुक्त कार्यदललाई ओली र प्रचण्डको दिशानिर्देश


काठमाडौं- आगामी माघ १० गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागी गठित एमाले माओवादी केन्द्रको सयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सयुंक्त रुपमा दिशानिर्देश गरेका छन् ।

मंगलबार एमाले र माओवादी केन्द्रका अध्यक्षसहित संयुक्त कार्यदलका सदस्यहरुको बैठक बालकोटमा बसेको थियो । बैठकमा ओली र प्रचण्डले कार्यदलले गर्ने कार्यविधि र कार्यदेशको बारेमा दिशानिर्देश गरेका हुन् ।

 

कार्यदलले राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेद्वार तय गर्ने, प्रदेश सभाको गठन, मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितीमा रिर्पोट पेस गर्नेछ । कार्यदलका सदस्य बर्षमान पुनका अनुसार कार्यदलले संयुक्त रिर्पोट तयार पार्दा दुबै दलले प्राप्त गरेको जनमत, व्यक्तिको क्षमता, पार्टी एकताको स्पीड र सन्तुलनलाई आधार बनाइने छ । कार्यदलले भोली देखि नै काम सुरु गर्ने पनि पुनले जानकारी दिए ।

 

कार्यदलमा राम बहादुर थापा, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पान्डे र मातृका यादव रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement