काठमाण्डु- नेकपा एमाले निकट विद्यार्थी संघ अनेरास्ववियुले ओपन कलमार्फत कमिटी गठन गर्ने भएको छ । अनेरास्ववियूको इतिहासमा पहिलो पटक ओपन कलबाट कमिटी गठन हुन लागेको हो ।
विद्यार्थी अधिकार र न्यायका लागि वकालत गर्न सक्षम भएकाहरुलाई कमिटीमा स्थान दिइने अनेरास्ववियु केन्द्रिय सदस्य तथा काठमाण्डु महानगर इन्चार्ज उज्ज्वल खड्काले बताएका छन् ।
तलका तीन गुण भएका व्यक्तिलाई अनेरास्ववियुले प्राथमिकतामा राख्नेछ:
१) विद्यार्थी आन्दोलनका बारेमा सचेत हुनुपर्ने
२) विद्यार्थी अधिकार र न्यायको वकालत गर्न सक्षम
३) शिक्षाको गुणस्तर र सामुदायिक विद्यालयको संख्या वृद्धि गर्न वकालत गर्नसक्ने
प्रतिक्रिया