पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


काठमाण्डु  – सरकारले कोशी नामकरणको विरोधकाे आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको कुटाइबाट लिम्बू घाइते भएका थिए। उनको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement