मलको अभावले किसान मर्कामा पर्ने अवस्थाको अन्त्यः मन्त्री अर्याल


काठमाण्डु – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । आज (बिहिवार) मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त गर्‍यौं । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौ’, मन्त्री अर्यालले भनिन् ।

तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुप्मा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दिर्घकालिन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडी बढेको उनले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाई थियो ।

उनले अनुमानको आधारमा मलको आपुर्ती नभए तथ्य र आवश्यकताका आधारमा गर्नेगरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको बताइन् । उनले भनिन् ‘मलको आपुर्ती अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्नेगरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ ।’

मन्त्री अर्यालले यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेकोे बताइन् ।

जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको थियो ।

यस आबको आयातबाट जम्मा २ लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको विक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ ।

जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पुर्ती हुने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधीमा करिब ३ लाख मेट्रिक टन मल आपुर्तीको लागि यहि महिनाबाट आयात प्रक्रिया शुरु गरिने मन्त्री अर्यालले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement