पहिराेले घर पुरियो, वृद्ध गम्भीर घाइते


काठमाण्डु- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो ।   उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनको घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए ।
यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् । निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरु अधिकांश  स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement