पहिरोले घर पुर्दा जाजकोटमा एकै परिवारका चारको मृत्यु

पहिरोले घर पुर्दा जाजकोटमा एकै परिवारका चारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट- काठमाडौं जाजरकोटमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। गरातीदेखी परेको अविरल वर्षले जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा स्थानीय तीर्थ बोहरा र गोपाल सुनारको घर पुरिएको हो।

पहिरोले घर पुर्दा बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारकी श्रीमती, छोरी र दुई छोराको मृत्यु भएको छ। लोहरालाई भने जीवितै उद्धार गरिएको छ।

जाजरकोटका प्रमुख डिएसपी रवीन्द्रबहादुर सिंहले पहिरोमा परेर मृत्यु भएका दुईको शव निकालिएको र दुईको निकाल्ने तयारीमा रहेको जानकारी दिएका छन्। पहिरोले गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ।