भक्तपुरमा श्रीमतीमाथि एसिड हान्ने श्रीमान पक्राउ


काठमाण्डु – भक्तपुरमा एक महिलामाथि एसिड प्रहार गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् । श्रीमतीलाई कुटपिट गरि नाम नखुलेको केमिकल प्रहार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आइतबार साँझ ६० वर्षीया श्रीमतीमाथि नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएका थिए । घाइतेलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गुभाजुलाई नियन्त्रणमा लिएको हो । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement