पाकिस्तानी प्रधानमन्त्री अब्बासीे आइपुगे काठमाडौँ


काठमाडौँ– पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । ३२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन् ।

ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन् भने त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन् । आफ्नै विमानबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका छन् ।

प्रधानमन्त्री अब्बासीको सम्मानमा सोमबार सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्धलगायत आपसी हितमा छलफल हुने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement