१ थान पेस्तोलसहित दुई जना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका–९ गौशालास्थित पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका–७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा.१५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको पेस्तोल सहित कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement