सुकमवासी मोर्चाका नेता बैङ्किङ कसुर र ज्यान मार्ने मुद्दामा पक्राउ

सुकमवासी मोर्चाका नेता बैङ्किङ कसुर र ज्यान मार्ने मुद्दामा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- थापाथलीबाट सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् ।

बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेका हुन् । उनीविरुद्ध जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

यसअघि सुकुमवासी बस्ती हटाउने क्रममा प्रहरीमाथि बल प्रयोग गरेको आरोपमा परिश्रमीविरुद्ध मुद्दा चलेको थियो ।

परियार २०७९ मा ज्यान मार्ने र बैङ्किङ कसुर मुद्दामा फरार रहेको प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।