बलात्कार आरोपमा एमालेका सांसद बानियाँ पक्राउ


काठमाण्डु – नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । पूर्वमन्त्री समेत रहेका बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको हो ।

मुगुका सांसद बानियाँलाई सोमबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरे । उनीविरुद्ध जुम्लाकी एक महिलाले नेपालगञ्ज स्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छिन् । बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी माघ २७ मा बाँके प्रहरीले दर्ता गरेको थियो ।

बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता लिन महिलालाई उनले नेपालगञ्जमा बोलाएका थिए । उनले महिलालाई चेक दिएपनि बलात्कारपछि चेक खोसेको ती पीडित महिलाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement