हत्या गरी फरार अपराधी ३१ बर्षपछि पक्राउ


काठमाण्डु – ३१ वर्षअघि हत्या गरि फरार रहेका एक जना अपराधीलाई बाजुरा प्रहरीले पक्राउ गर्न सफल भएको छ । विशेष सुराकीको आधारमा प्रहरीले मिन बहादुर सिंहलाई कैलालीको धनगढीस्थित सन्तोषी टोलबाट पक्राउ गरेको हो ।

बाजुराको साविक जय बागेश्वरी गाउँपालिका वडा-२ हाल खप्तड छेडेदह गाउँपालिका वडा-२ बस्ने जगत बहादुर सिंह र छिमेकी शंकर धामी बिच भैसीले कोदोवाली खाएको सम्बन्धमा विवाद हुँदा मिबहादुरले शंकर धामीलाई हसिँयाले हानेर हत्या गरेका थिए । त्यहाँदेखि फरार रहेका उनलाई प्रहरीले सोमबार पक्राउ गरेर सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement