१ करोड ५० लाखसहित हुन्डी कारोबारी पक्राउ


काठमाण्डु – प्रहरीले काठमाण्डुको बाफलबाट एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाण्डुको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई १ करोड ५० लाख नगदसहित पक्राउ गरेको हो ।

बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको गोप्य सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement