पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गर्ने प्रिन्सिपल पक्राउ


काठमाण्डु – पाँच वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोपमा तत्कालिन प्रिन्सिपल पक्राउ परेका छन् । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

खड्काले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेको पिडित युवतीले बताएकी छन् ।

पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको सीआईबीका एसपी कमल थापाले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement