राष्ट्रिय झण्डा जलाउने गायकसहित ९ जना पक्राउ


काठमाण्डु – प्रहरीले नेपाली झण्डा जलाउने ९ जनालाई प्रकाउ गरको छ । नेपाल प्रहरीको विभिन्न युनिटबाट खटिएका टोलीले गायक ग्याल्जोम दोर्जे तामाङसहित ९ जनालाई पक्राउ गरेको हो ।

सोमबार ‘मङगोल हप’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘देशद्रोही’ नामको म्युजिक भिडिओमा नेपाली राष्ट्रिय झण्डा जलाएको थियो ।

नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै अहिलेसम्म म्युजिक भिडियोका लागि राष्ट्रिय झण्डा जलाउने र उक्त भिडियो युट्युब च्यानलमा पोस्ट गर्ने नौ जना पक्राउ परेको जानकारी दिएको छ । उक्त घटनामा संलग्न सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement