चोरीको मोटरसाईकल र स्कुटरसहित एक जना पक्राउ


काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल र स्कुटर सहित एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने वर्ष २४ को तेज बहादुर खड्कालाई पक्राउ गरेको हो ।

बिशेष सुराकीको आधारमा लुकाई पार्किङ्ग गरी राखेको स्कुटर र मोटरसाइकलसहित खड्कालाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement