सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने भारतीय तस्कर पक्राउ


काठमाण्डु – कञ्चनपुरमा नेपालका सशस्त्र प्रहरीमाथी आक्रमण गर्ने तस्कर पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले ढुंगामुढा प्रहार गरेका थिए । उक्त आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । तस्कर कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement