डिआईजीको नाममा पैसा उठाउने महिला पक्राउ


रौतहट – प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी)को नाममा पैसा उठाउने महिला पक्राउ परेकी छन् । प्रदेश २ का डिआईजी उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने सर्लाहीकी सुशीला थापा दाहाललाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

डीआईजी रञ्जीतकारको नाममा प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै पैसाको बार्गेनिङ गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सुशीलालाई सर्लाही प्रहरीको सहयोगमा रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement