सौर्य एयरलाइन्सका कर्मचारी ५० लाखसहित विमानस्थलबाट पक्राउ


काठमाण्डु – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सौर्य एयरलाइन्सका कर्मचारी ५० लाख नगदसहित पक्राउ परेका छन् ।

विमानस्थलको आन्तरिकतर्फको टर्मिनलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एयरलाइन्स काठमाण्डुमा असिसटेन्टका रुपमा कार्यरत रेखा शाक्य पोखरेल पक्राउ परेकी हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सुरेन्द्रप्रसाद मैनालीका अनुसार अवैध रकम आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले मेल ब्याग चेकजाँच गर्ने क्रममा उक्त अवैध रकम फेला पारेको हो ।

झोला भित्र रातो प्लाष्टिकले बेरेर राखेको अवस्थामा करेन्ट चाउचाउको कार्टुनभित्र ५० लाख भेटिएको हो । स्रोत नखुलेको र भन्सार उद्घोषसमेत नगरिएको ५० लाख रकमसहित रेखालाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको एयरपोर्ट सुरक्षा गार्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement