मान्छे मारेर भागेका सुदूरपश्चिम प्रदेश मन्त्रीका छोरा पक्राउ


काठमाण्डु – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा फरार रहेका बबीलाई हिजो आइतबार पक्राउ गरिएको  जनाएको छ ।

गत पुस २ गते टीकापुरमा उनले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । उनको ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा नेपालगञ्जस्थित अस्पतालमा पुस ११ गते मृत्यु भएको थियो । घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युुपछि भने सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement