नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक एयसपोर्टबाटै पक्राउ


काठमाण्डु – प्रहरीले महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोले शुक्रबार कास्की रुपा गाउँपालिका–७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाल (मुक्ति) लाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको साइबर ब्युरोले जानकारी दिएको छ ।

ब्यूरोका अनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइफकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बिर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement