बौद्धबाट अनलाइन जुवा खेल्ने ७४ जना पक्राउ


काठमाण्डु – प्रहरीले काठमाण्डुको बौद्धस्थित एक रेष्टुरेण्टमा अनलाइन जुवा खेल्ने ७४ जनालाई पक्राउ गरेको छ ।

दोलखा स्थायी घर भइ बानेश्वर बस्ने ३० वर्षीय सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा ६६ जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

उनीहरुको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement