पक्राउ परेका महासंघका अध्यक्ष कर्माचार्यसहित छ जना रिहा


काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसहित शनिबार पक्राउ परेका  ६ जना आइतबार रिहा भएका छन् ।

सिन्डीकेट लागु  गर्न पाउनुपर्ने बताउँदै सार्वजनिक यातायात बन्द  गरेका महासंघका अध्यक्ष कर्माचार्यसहित छ जना पक्राउ परेका थिए ।

रिहाई हुनेमा अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, प्रदेश नं ३ का संयोजक धर्मराज धिमाल लगायत छन् ।

उनीहरुले अब हड्ताल नगर्ने सहमति जनाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement