अबका दिनमा लोडसेडिङ हुँदैन : उर्जामन्त्री भुसाल

अबका दिनमा लोडसेडिङ हुँदैन : उर्जामन्त्री भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले अबका दिनमा लोडसेडिङ हुन नदिने बताएकी छन् । बुधबार सिंददरबारमा कार्यभार सम्हाल्दै मन्त्री भुसालले लोडसेडिङ अहिलेको जल्दोबल्दो समस्या रहेको उल्लेख गर्दै अबका दिनमा कहिल्यै लोडसेडिङ हुन नदिने बताएकी हुन् ।

‘अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं । बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ,’ उनले भनिन् । उनले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्दै राम्रो परिणाममुखि काम निकाल्न सबै लाग्नुपर्ने बताइन् ।

‘जनताको छोरी हुँ,जनयुद्वबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं, जनताका काम गरौं,’ उनले भनिन्, ‘मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो । काममा कुनै पुर्वाग्रह राख्दिन तर परिणाममुखी काम निकाल्नुपर्छ ।’

यसअघिका सरकारले लक्ष्य मात्रै राख्ने तर पुरा नगर्ने गरेको भन्दै उनले अब यो सुधार हुनुपर्ने बताइन् । मन्त्री भुसालले नेपाल कृषि प्रधान देश भनिए पनि सिचाईको ठुलो समस्या रहेको भन्दै सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउनेमा लाग्नुपर्ने बताइन् ।