पम्फा भुषाल भन्छिन्- एमाले-माआेवादी एकता मोदीको नेपाल भ्रमणका कारण ढिलार्इ


भक्तपुर- नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआेवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताएकि छिन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्ताे बताएकि हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाई भर्इरहेकाे उनले दावी गरिन् । पार्टी एकिकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मान जनक ढंगल दुई पार्टी एकिकरण हुने बताउँदै उनले पार्टी एकता संयोजन समितिले एकिकरणका लागि आबश्यक तयारी गरिरहेको बताइन् ।

भुषालले पार्टी एकिकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाबारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् नभएको स्पष्ट पारिन् । अहिले नै सरकारका गतिविधिको समिक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुषालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement