चीनका लागि नवनियुक्त नेपाली राजदूत पाण्डेद्वारा सपथ ग्रहण


काठमाडौं – चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् । सरकारले गत फागुन १८ मा चीनका लागी तत्कालिन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई वैशाख ५ मा राजदूत नियुक्त गरेको थियो । नेकपाका नेता पाण्डे पूर्व परराष्ट्रमन्त्री समेत हुन् ।

शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement