पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ


काठमाण्डु – पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

उनी विरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको हो। उनलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement