पप्पु र कालिकालाई ठेक्कापट्टाबाट बन्देज !


काठमाडौं –सार्वजनिक खरिद नियमावली छैठौं संशोधनसँगै  कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनले तत्काल नयाँ ठेक्का नपाउने भएका छन् ।

सरकारले ल्याएको नयाँ सार्वजनिक खरिद नियमावलीले भ्रष्टाचारको मुद्दा लागेका कम्पनीलाई ठेक्का प्रक्रियामा भाग लिन रोकेपछि उनीहरुका कम्पनी अघोषित रुपमा ‘निलम्बित’ बनेका हुन् ।

यी दुबै कम्पनी यतिबेला भ्रष्टाचारको मुद्धा खेपिरहेका छन् । उनीहरु मात्रै होइन, परामर्श सेवा दिने कम्पनी तथा व्यक्तिले समेत भ्रष्टाचारको मुद्धा लागेको अवस्थामा नयाँ प्रक्रियामा भाग लिन पाउने छैनन् ।

नेपाली निर्माण व्यवसायीलाई बिशेष प्राथमिकता दिइएको छ । नियमावली संसोधनले अब अन्तराष्ट्रिय कम्पनी भन्दा ५ प्रतिशतसम्म बढी रकम कबोल गर्ने नेपाली निर्माण व्यवसायीलाई ठेक्का दिन सकिने व्यवस्था अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement