पारस र सन्दीपले लगाए चिनियाँ खोप


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी पारस खड्का र सन्दीप लामिछानेले कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाएका छन् ।

पारस र सन्दीपसहित राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्यले पनि खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबारदेखि चीनको सिनोफार्मले विकास गरेको भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।

सरकारले चीन अध्ययन गर्न जाने विद्यार्थी, व्यवसायी र अत्यावश्यक सेवामा खटिने अन्य कर्मचारीलाई लक्षित गर्दै चिनियाँ खोप लगाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement