कांग्रेस सांसदमाथि आफ्नै कार्यकर्ता ठगेको आरोप लाग्यो, संसद् सचिवालयमा उजुरी

कांग्रेस सांसदमाथि आफ्नै कार्यकर्ता ठगेको आरोप लाग्यो, संसद् सचिवालयमा उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीविरुद्ध ठगीको आरोप लागेको छ । सांसद डिसीमाथि पीडित भनिएका लीलाबहादुर थापा र कृष्णराज पाण्डेले ८ लाख रुपैयाँ ठगेको भन्दै संसद् सचिवालयमा उजुरी दिएका छन् ।

सांसद चौधरीले २०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कूल आठ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फिर्ता नगरेपछि उजुरी दिनु परेको पीडित थापा र पाण्डेले जनाएका छन् । पीडित भनिएका थापा र पाण्डे दाङका नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

गढवा गाउँपालिका, दाङका उपसभापतिसमेत रहेका पाण्डेले एभरेष्ट बैंकमा रहेको सांसद चौधरीको खातामा २०७४ साल असोज २६ गते तीन लाख रुपैयाँ जम्मा गरेको तथा कांग्रेस क्रियाशील सदस्यसमेत रहेका लीलाबहादुरले २०७४ साल असोज १७ गते सांसद चौधरीकी छोरीको लक्ष्मी बैंकमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको उजुरीमा उल्लेख गरेका छन् ।

यसरी रकम जम्मा गरेको दुई वर्ष बित्न लाग्दासमेत फिर्ता नगरेपछि बाध्य भएर सचिवालयमा उजुरी दिनुपरेको पाण्डे र थापाले सञ्चारकर्मीलाई बताए । उक्त पैसा फिर्ता लिनका लागि पार्टीमा कुरा राखेको र त्यहाँबाट सम्बोधन हुन नसकेपछि संसद् सचिवालयमा उजुरी हाल्न बाध्य भएको उनीहरूको भनाइ छ ।