नेकपा अध्यक्ष प्रचण्ड अमेरिका जानुअघि सचिवालय बैठक बस्दै


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जाने भएका छन् । अध्यक्ष प्रचण्ड मार्च १८ तारिखमा अमेरिका जान लागेका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेका हुन् ।दाहालसँगै परिवारका अन्य केही सदस्य पनि अमेरिका जाने बताइएको छ ।

यसअघि प्रचण्ड पत्नी सीताको उपचारकै लागि दाहाल गत असोजमा सिंगापुर गएका थिए । सीता मधुमेह र उच्च रक्तचापबाट पीडित हुदै आएकी छन् । अध्यक्ष प्रचण्ड अमेरिका जानु अघि नेकपाको सचिवलाय बैठक बस्ने तयारी भइरहेको नेकपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement